काठमाडौँ– नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ ।


ADVERTISEMENT


काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। उनी खतरामुक्त रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । रासस