काठमाडौं । राजधानीको तीनकुनेमा खुकुरी प्रहारबाट एक युवाको मृत्यु भएको छ।


ADVERTISEMENT


शनिबार दिउँसो काठमाडौंको तीनकुनेस्थित गौरीगाउँमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोरङ ऊर्लाबारीका बिकी लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो।


ADVERTISEMENT

# # #


२७ वर्षीय लिम्बुको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिए।

अर्का घाइते अनिल श्रेष्ठको वीर अस्पतालमा उपचार भइराखेको छ। उनी भने खतरामुक्त रहेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी अपराध महाशाखाको विषेश टोलीले कुकुरी प्रहारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले कुखुरी प्रहारमा संलग्न महेश परियार र मनिष बानियाँलाई पक्राउ गरेको हो। पक्राउ परेका मध्ये एक यसअघि हत्या अभियोगमै जेल बसेको खुलेको छ। अनुसन्धान जारी रहेकाले थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

शनिबार दिउँसो १ बजेतिर दुई युवाले लखेट्दै ल्याएर खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।