काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई गाडीबाट काठमाडौँ लगिने भएको छ।


ADVERTISEMENT


छोरीका हत्यारालाई कारबाही गर्न माग राख्दै धर्नामा बसेका पन्तको मानसिक अवस्था असन्तुलित बन्न थालेपछि उपचारका लागि शनिबार बेलुकी साढे ६ बजे बुद्ध एयरमार्फत काठमाडौँ लग्ने तयारी थियो। त्यसका लागि उनलाई धनगढी विमानस्थलमा ल्याइएको थियो।


ADVERTISEMENT

# # #


तर, उनी प्लेनमा जान मानेनन्। ‘विमानस्थल पुर्याइएका पन्तले एक्कासी रुने, हास्ने, बर्बराउने, गाली गलौज गर्ने, ढुंगामुडा गर्न थालेपछि काठमाडौँ लिन सकिएन, बुद्ध एयरको प्लेन गइसक्यो,’ पन्तसगै विमानस्थलमा रहेको अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘कैलालीका प्रमुख जिल्ला अधिकारीले गाडी पठाइदिन्छु भन्नुभएको छ, अब गाडीबाटै भएपनि रातारात काठमाडौँ लान्छौँ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले निर्मलाका बुबालाई काठमाडौँ पठाउनका लागि सुरक्षाकर्मीसहित गाडीको व्यवस्था गरिएको बताएका छन्। उनले गाडीको व्यवस्था भइसकेको जानकारी दिएका छन्।