काठमाडौं – चिकित्सा शिक्षाको सुधारको माग गर्दै पटकपटक अनशन कस्दै आएका डा गोविन्द केसीले आफूले राखेका माग पूरा नगरे फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ती जारी गरेर ३ बुँदे माग अघि सार्दै डा. गोविन्द केसीले ती माग पूरा गर्न सरकारलाई आगामी पुस २ गतेसम्मको अल्टिमेटम दिएका हुन् । तोकिएको समस्भित्र आफ्ना माग पूरा नगरे १६ औँ अनशनथाल्ने डा केसीको चेतावनी रहेको छ ।


ADVERTISEMENT

# # #


डा केसीले केसीले सरकारले जनतालाई सुशासन दिन नसकेको, अपराधीलाई कानुनी कठघरामा ल्याउन नसकेको, फर्जी अपराधी उत्पादनमा लागे, भ्रष्टाचारमा लिप्त भएको लगायत आरोप लगाएका छन् ।

‘सरकारले विगतका सम्झौता कार्यान्वयन गर्नको सट्टा झन् झन् भ्रष्टाचार र अकर्मण्यतामा भासिंँदै गएकाले निम्न मागहरू पूरा गर्न ध्यानाकर्षण गराउँछौं । आगामी पुस २ गतेसम्म यी मागहरू पूरा नभएमा सत्याग्रहसमेतको आन्दोलन सुरू गर्ने जानकारी गराउन चाहन्छौं,’ उनले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘साथै चिकित्सा शिक्षा विधेयक अघि बढाउने प्रक्रियामा विगतमा भएको सम्झौता उल्लंघन गर्ने गरी कुनै चलखेल भएमा कुनै पनि बेला त्यस्तो कार्यक्रम सुरू गर्ने जानकारी गराउन चाहन्छौं।’

यसअघि डा. केसीको २७ दिन लामो अनशनपछि सरकार उनको माग बमोजिम संसद्‌मा रहेको चिकित्सा शिक्षा विधेयकका २२ वटा बुँदामा संशोधन गर्न सहमत भएको थियो ।

प्रधानमन्त्रीस्तरमै भएको यस्तो सहमति अनुरूप डा। केसीको १५ औँ अनशन अन्त्य गराउन सत्तारूढ नेकपाको संसदीय दलका उपनेता नै पुगेका थिए ।

यस्ता छन् डा. केसीका तीन मागहरुः

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएका सम्झौता तत्काल कार्यन्वयन गर्नुपर्ने ।

(क) सम्झौता बमोजिक अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने ।

(ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचपुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि।वि।का पदाधिकारी लगाएतका ब्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्त लगाएतका कार्बाही गर्नुपर्ने । त्रि।वि। पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थानमै फिर्ता गर्नुपर्ने ।

(ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अबिलम्ब एमबीबीएस भर्ना सुरु गर्न व्यवस्था गर्नुपर्ने ।

२.  निर्मला पन्तको कलात्कार र हत्यामा संलग्न ब्यक्तिहरुलदाई तत्काल पक्राउ गरी मुद्धा चलदाउनुपर्ने । यसका साथै प्रमाण लोप गर्ने, झठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न आउने ब्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने ब्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्धा चलाउनुपर्ने ।

३. नेपाल सरकारको निर्णयलाई उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न ।