काठमाडौं– एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा संचालनमा आएको छ ।


ADVERTISEMENT


बैंकको २ नयाँ शाखा कार्यालयहरु सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ स्थित खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले उद्घाटन गरे भने पाँचखाल ४ समाजकल्याण चोक स्थित शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरे ।


ADVERTISEMENT

# # #


हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।