काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमजिवी जनताको पक्षमा रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार नेपाल प्रज्ञाप्रतिष्ठानमा ‘नयाँ युगको सुरुवात’ नाम दिइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रमको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले सरकार सिन्का भाँच्न नभई विकास गर्नका लागि आएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


“पत्रपत्रिकामा कसैले सोधेछ, ‘सरकार हरायो कहाँ छ ? के गर्दैछ ?’ कतिले सरकारले जुम्रा पनि मारेन भने  । कसैले सरकारले सिन्को पनि भाँचेन भनेर लेख्न भ्याए  ।” प्रधानमन्त्री ओलीलले भने, “यो सरकार जुम्रा मार्नका लागि पनि होइन, सिन्का भाँच्नका लागि पनि बनेको होइन । यो देश बनाउनका लागि, देशमा परिवर्तन ल्याउनका लागि बनेको हो । आज म भन्न चाहन्छु, सरकार खोज्नेहरुलाई अझै देख्नु भएन ?”

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नै सबैका लागि र सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना सञ्चालन गर्ने बताएको स्मरण गर्दै उनले भने, “आजभन्दा २५ वर्ष पहिले हामीले नै पहिलो चोटि अल्पमतको सरकार बनेका बेला ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाको नयाँ प्रणाली थालेका थियौँ । त्यो एउटा दलको सरकारले एक आर्थिक वर्ष वा एक कार्यकालमा सीमित हुने गरी ल्याएको एउटा आर्थिक सहायताको कार्यक्रम थिएन, एक चोटि शुरु भएपछि निरन्तरता पाउने प्रकृतिको सामाजिक प्रणालीको थालनी थियो ।”

वृद्धभत्ता वितरण शुरु गर्दा कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भङ्ग गरेको जस्ता अनावश्यक र गैरजिम्मेवार आरोप लगाइने गुनासो गर्दै प्रधानमन्त्री ओलीले भने, “कतिले यसलाई बुझेनन् । कतिले यसलाई कम्युनिष्ट सर्वसत्तावादी कार्यक्रम ठाने । कतिले यसलाई बुझेर पनि बुझ पचाए ।”

सरकारी सेवामा रहेकालाई ‘मान र मानो’ दुवै दिने तर अन्य सेवामा रहेकालाई बेवास्ता गरिने प्रचलनलाई सुधार्ने प्रयास थालिएको जानकारी दिँदै उनले श्रमको सम्मान गर्न र बैलाई श्रममा लाग्न उत्प्रेरित गर्न आधुनिक सभ्य समाजअनुरुप सिङ्गो समाज मिली सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गरिएको बताए ।

“मजदुरलाई सोध्नुस् सरकार कहाँ छ ? श्रमजीविलाई सोध्नुस् सरकार कहाँ छ ? दुःख पाएकार गरिब जनतालाई सोध्नुस् सरकार कहाँ छ ? त्यहाँ तपाईले जवाफ पाउनु हुनेछ” उनले भने । सरकार श्रमजीवि जनता भविष्य सुरक्षित गर्ने याजनामा सकरार तत्लीन रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसको लागि काम गर्न सरकार व्यस्त रहेको उल्लेख गरे ।

केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्ने जवाफ दिने उनले बताए । ‘काठमाडौंको सडक बढारिन्छ, धोइन्छ । अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ’ उनले भने, ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार ।’

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै गरिएको आलोचना भइरहँदा देखिनँ, थाहा पाइनँ भन्नेलाई देखाउनका लागि पनि यो तामझाम गरिएको प्रधानमन्त्री ओलीलले बताए । उनले भने, ‘आज हामीले यहाँ नौमती बाजा बजाएका छैनौँ । अरु काम नौमती बाजा बजाएर सुरु हुन्छन् ।’