काठमाडौँ – न्याय परिषदले भावी प्रधानन्यायाधीशमा दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । जोशीको नाम सिफारिस गरिएपनि कैफियत महलमा यसअघि प्रधानन्यायाधीसमा अस्वीकृत भन्ने विवरण खुलाइएको छ ।


ADVERTISEMENT


संवैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका तीन जना न्यायाधीशको नाम सिफारिस गर्नुपर्ने भए पनि तीनवर्षे कार्यभार पूरा गरेका दुई जनाको मात्रै सिफारिस गरिएको हो।


ADVERTISEMENT

# # #


न्याय परिषद्का सचिव नृपध्वज निरौलाले जोशी र शमशेरको नाम संवैधानिक परिषदमा पठाएका हुन् ।

जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय विशेष सुनुवाइ समितिले अस्वीकार गरेका व्यक्ति हुन् । हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुस १७ गतेबाट अवकास पाउँदै छन् ।

संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीको पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै भावी प्रधानन्यायाधीको सिफारिस गर्नुपर्ने हुन्छ। प्रधानन्यायाधीश अवकास हुनुभन्दा पहिले नै विदामा बस्नुपर्ने प्रावधान रहेको छ ।

केही दिनमा संवैधानिक परिषदले प्रधानन्यायाधीशको टुंगो लगाउने छ।