काठमाडौं । साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इटालीयन क्लब रोमालाई हराउँदै रियल मड्रिडले समूह जी को विजेता बन्ने पक्का गरेको हो ।


ADVERTISEMENT


अवे मैदानमा भएको खेलमा सान्टियागो सोलारीको प्रशिक्षणमा रहेको रियल मड्रिडले रोमालाई २–० ले हराएको हो । दुवै गोल दोस्रो हाफमा भएको हो । रियलका लागि ग्यारेथ बेल र लुकास भाज्क्वेजले गोल गरे । ४७ औँ मिनेटमा बेल र ५९ औँ मिनेटमा भाज्क्वेजले गोल गरेका हुन् ।


ADVERTISEMENT

# # #


यहि समूह अन्तर्गत भिक्टोरिया प्लेजनले सिएसकेए मस्कोलाई २–१ ले हराएपछि खेलअघि नै रोमा र रियल मड्रिड अन्तिम १६ मा पुग्ने पक्का भएको थियो ।

जितले रियल मड्रिड एक खेल बाँकी हुँदै समूह विजेता बन्ने पक्का भएको हो । अन्तिम १६ मा स्थान बनाएको रोमा समूह उपविजेता बन्नेछ । रियल मड्रिडको पाँच खेलबाट १२ तथा रोमाको ९ अंक भएको छ ।