काठमाडौं– दुई दिन लगातार रोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा विष्णु पौडेल र रामबहादुर थापा बादलले तयार पारेको तल्लो तह र जनवर्गीय संगठनको एकताको मोडेलका विषयमा छलफल हुने बताइएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तल्लो तहका संगठनको एकता मोडेल बनाउन नसक्दा बैठक दुई लिन लगातार सरेको थियो ।


ADVERTISEMENT

# # #


पार्टी अध्यक्षले जनवर्गीय संगठनको एकता मोडल तयार पार्न नसकेको भन्दै नेकपाभित्र आन्तरिक असन्तुष्टि बढेको छ । लामो समयदेखि केन्द्रीय समिति बैठक बस्न नसक्दा पनि नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, रक्षामन्त्री इश्वर पोखरेल र नेता वामदेव गौतम लगायतको उपस्थिति रहेको छ ।