काठमाडौँ– नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले खनाल निवास डल्लुमा आज बिहान शिष्टाचार भेटवार्ता गरेकी छन् ।


ADVERTISEMENT


आफ्नो दुई वर्ष कार्यकाल सकेर स्वदेश फर्किन लागेकी राजदुत होङले खनाल निवास डल्लु पुगेर आज विदाई भेट गरकी हुन्। सो भेटको क्रममा पूर्वप्रधानमन्त्री खनालले राजदुत होङलाई उनको दुई वर्षे कार्यकाल सफल भएको र आगामी कार्य सफलताको कामना गरेका थिए ।


ADVERTISEMENT

# # #


नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको युगमा प्रवेश गरेको कुरामा जोड दिँदै नेपाल र चीनबीच परापूर्वकालदेखि नै समधुर सम्बन्ध रहीआएको र आपसमा सहयोग हुदै आएको बताए । उनले आगामी दिनमा चीन सरकार र जनताको तर्फबाट नेपालको समृद्धि र विकासको लागि अझ फराकिलो दायरामा सहयोग प्राप्त हुने कुरामा आफु विश्वस्त रहेको धारणा व्यक्त गरेका थिए ।

राजदुत हाङले आगामी दिनमा नेपालको विकास र समृद्धिको लागि चीन सरकारको सर सहयोग निरन्तर जारी रहने प्रतिवद्धता जनाएको नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।