काठमाडौं । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल आगामी फागुन २२ देखि चैत ८ गतेसम्म विराटनगरमा हुने भएको छ । यसअघिनै नेपालले आयोजनाको अधिकार पाएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ बिराटनगरमा सञ्चालन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


महिला साफका खेलहरु विराटनगरको शहिद रंगशालामा खेलाइने एन्फाका प्रवक्ता किरण राईले बताए । च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका लागि नेपाली महिला टोलीले तयारी सकेत गरिरहेको छ ।


ADVERTISEMENT

# # #


नेपाली महिला टोलीले हालै मात्र सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको थियो । साफलाई लक्षित गरी महिला टोलीले चीनमा मैत्रीपूर्ण खेल र अभ्यास समेत गरेको थियो । नेपाल महिला साफमा हरेक पटक उपविजेतामा सिमित बनिरहेको छ । भारत च्याम्पियनसिपको साविक विजेता हो ।