पाँचथर– चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पाँचजना कार्यकर्तालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान लिम्बू, फाल्गुनन्द–४ का विजय नेम्वाङ, फाल्गुनन्द–५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ तथा धनकुटा पाख्रिबास–३ का सङ्घर्ष परियार रहेका छन् ।


ADVERTISEMENT

# # #


चुनाव बिथोल्ने योजना बनाइरहेका बेला उनीहरुलाई पाँचथरका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए।

उनले पक्राउ पर्नेमाथि सार्वजनिक मुद्दा दर्ता गरिने प्रक्रिया अघि बढाउने बताए ।