बुटवल– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहका लागि काँग्रेसले नै विकासको मुहान खोल्ने बताएका छन् ।


ADVERTISEMENT


स्थानीय तहको निर्वाचनका प्रचार प्रसारका क्रममा बिहीबार बुटवल उपमहानगरपालिका–१३ बेलबासमा नेपाली काँग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै काँग्रेस वरिष्ठ नेता पौडेलले देशको पूर्वाधार निर्माण, आर्थिक, सामाजिक, शैक्षिक सबै क्षेत्रको विकास काँग्रेसले नै गरेको दाबी गरे । उनले राजनीतिक अधिकारका लागि देशमा भएका सबै आन्दोलनको नेतृत्व गरी परिणाममा पुर्याएको र तिनलाई संस्थागत गर्न संविधान निर्माण गर्ने कामसमेत नेपाली काँग्रेसले पटकपटक सम्पन्न गरेको धारणा राखेका थिए ।


ADVERTISEMENT

# # #


पार्टीका वडा सभापति पुरुषोत्तम बस्यालको सभापतित्वमा भएको कार्यक्रममा पार्टी रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले काँग्रेसले विकास निर्माणमा गरेको कार्य बारे प्रकाश पारे ।

नेता पौडेलले बिहीबार नै रुपन्देहीका तिलोत्तमा नगरपालिकाको मणिग्राममा र सैनामैना नगरपालिकाको मुर्गियामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए ।