राजविराज– पश्चिमी नहर डाकनेश्वरी नगरपालिका–३ मा माछा मार्ग गएका एक युवकको डुबेर ज्यान गएको प्रहरीले आज जनाएको छ । घर नजिकै रहेको पश्चिमी नहरमा माछा मार्न हिँडेका स्थानीयवासी २५ वर्षीय रामबाबु मुखिया मृत भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


नहरको पुलमुनि माछा मार्ने क्रममा उनी डुबेका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


ADVERTISEMENT

# # #