काठमाडौं । मिस नेपाल श्रृङ्खला खतिवडाले मिस वर्ल्ड २०१८ को अन्तिम ३० का लागि स्थान सुरक्षित गरेकी छन् । मल्टिमिडया अवार्ड जित्दै श्रृङ्खलाले अन्तिम ३० का लागि स्थान सुरक्षित गरेकी हुन् ।


ADVERTISEMENT


मेक्सिको र केन्याका प्रतिस्पर्धीलाई पछि पार्दै श्रृङ्खलाले मल्टिमिडया अवार्ड हात पारेकी हुन् । उक्त अवर्डाका लागि चीन, केन्या, पोर्टी रिको, नेपाल र वेलायत भिडियो च्यालेञ्जका आधारमा उत्कृष्ट ५ मा परेका थिए ।


ADVERTISEMENT

# # #


त्यसमा पनि नेपाल, केन्या र मेक्सिकोका प्रतिस्पर्धी मल्टिमिडियाको ओभरल फाइनालिस्टमा परेका थिए ।