काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।


ADVERTISEMENT


सोमबार राती १२ बजे देखि लागू हुने गरी निगमले इन्धनको मुल्य घटाएको हो ।


ADVERTISEMENT

# # #


निगमले पेट्रोल, डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको हो । नयाँ मूल्यसूचीअनुसार अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १२ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्त विरेन्द्र गोइतले जानकारी दिए ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको गोइतले जानकारी दिए । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थिर रहेकाले मूल्य समायोजनमा केही समस्या हुने गरेको निगमको भनाइ छ ।

सोमवार अपराह्न बसको आयल निगम सञ्चालक समितिको बैठकले इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।