ललितपुर । नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भइ राष्ट्रको सिर उच्च राख्ने तीन जना खेलाडीहरुलाई सम्मानित गरेको छ । सोमबार ललितपुर स्थित आफ्नै कार्यालयमा सम्मान कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।


ADVERTISEMENT


प्रदेश तीन तेक्वान्दो संघले २००२ मा कोरियाको बुसानमा सम्पन्न भएको एसियाली खेलकुदमा कास्य पदक, आठौं र नवौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक बिजेता रेणुका मगर, मलेसियाको राजधानीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कास्य पदक जितेका सुद्वोधन मान रन्जित र एसियन तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक बिजेता रिता श्रेष्ठ रन्जितलाई सम्मान गरेको थियोे । दक्षिणकाली नगरपालिकाकी उप मेयर बसन्ती तामाङ डङगोल प्रमुख अतिथि र प्रदेश ३ तेक्वान्दो संघका अध्यक्ष केशव पुरिले खेलाडीहरुलाई सयुक्तरुपमा सम्मानित गरेका थिए ।


ADVERTISEMENT

# # #


सम्मान कार्यक्रममा नेपाल प्रहरीका पुर्व एआईजी माधब नेपालको समेत उपस्थिती रहेको प्रदेश ३ कि तेक्वान्दो खेलाडी एवं रेफ्री रोजी गिरिले जानकारी गराउनु भएको थियोे । तीन नम्बर प्रदेशको तेक्वान्दो संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलमा पदक जितेका नयाँ पुराना खेलाडीहरुलाई सम्मान गर्दै आएको छ ।