पोखरा– गत वर्षको मङ्सिर २३ देखि पुस ४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट रु २८ लाख ७८ हजार ८७३ बचत भएको छ ।


ADVERTISEMENT


पोखरा उद्योग वाणिज्य सङ्घले आज सार्वजनिक गरेको आयव्ययबाट बचेको रकमबाट प्रदर्शनी केन्द्रमै थप एउटा अत्याधुनिक गुम्बज निर्माणका साथै व्यावसायिक वातावरण निर्माण तथा सामाजिक कार्यमा खर्च गरिने सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पोखरा नगर क्षेत्रमा आउने खानेपानीलाई शुद्धीकरण गर्न पोखरा–लेखनाथ महानगरपालिका, नेपाल खानेपानी संस्थान र सङ्घको संयुक्त सहयोगमा मर्दिखोला मुहानका सात ठाउँमा सार्वजनिक शौचालय, शवदहन र लुगा धुने स्थल बनाउन लागिएको पनि बताइएको छ ।