काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् ।


ADVERTISEMENT


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो खेलमा लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेल विहान ११ बजे सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


यता, हलचोकस्थित एपीएफको खेल मैदानमा आजै २ बजेर ३० मिनेटमा सुरु हुने अर्को खेलमा थ्रीस्टार क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

त्यस्तै, एन्फा कम्प्लेक्समा आजै हुने अर्को खेलमा च्यासल युथ क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । दुवै टिम जितको खोजिमा रहने छन् ।