काठमाडौं– राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका सीके राउतलाई जेल चलान गरिएको छ ।


ADVERTISEMENT


जिल्ला अदालत, रौतहटले उनलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


अदालतको आदेशपछि उनलाई जिल्ला कारागारमा चलान गरिएको प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरिबहादुर पालले पुष्टि गरे ।

यसअघि २१ असोजमा उनी रौतहटबाट पक्राउ परेका थिए । उनको परिवारले १२ कात्तिकमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।

तर, सर्वोच्चले राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेपछि उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । यसअघि उनी पक्राउ पर्दै छुट्दै गर्ने गरेका थिए ।