भक्तपुर– उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सहमतिमा नै संविधान संशोधन हुने बताएका छन्।


ADVERTISEMENT


नेपाली काँग्रेस भक्तपुरका नेता राधेश्याम जोन्छेको पाँचौँ स्मृति सभालाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधान संशोधनका विषयमा सबै राजनीतिक दलसँग छलफल भइरहेको र सहमतिमै संविधान संशोधन गरिने बताए।


ADVERTISEMENT

# # #


आगामी १४ गते हुन लागिरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने विश्वास गर्दै श्रेष्ठले आन्दोलनमा रहेको भनिएको राजपा पनि निर्वाचन सम्पन्न होस् भन्ने मनसायमै रहेको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले भक्तपुरमा हार व्यहोर्नुपरेकाले अबका दिनमा पार्टीलाई सशक्त बनाउन टोलदेखि जिल्ला तहसम्म सङ्गठन विस्तारका लागि अहिलेबाटै लागिपर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा भक्तपुरका चारजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गरिनुका साथै प्रतिष्ठानको आयोजनामा सञ्चालित कुक तथा होटल व्यवस्थापन तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो