काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणका खेल आज (शनिबार) बाट शुरू हुदैछन् । किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) दिउँसो १ बजे हुने उद्घाटन खेलमा साविक विजेता टोली विराटनगर वारियर्स र ललितपुर प्याट्रियोट्सले प्रतिस्पर्धा गर्दैछन् ।


ADVERTISEMENT


विराटनगरको कप्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले गरेका छन् भने ललितपुर राष्ट्रिय टोलीका उप—कप्तान ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन् ।
उद्घाटन खेलमा नेपालका चर्चीत दुुई हस्ती आमनेसामने भइरहँदा आजको खेल रोमाञ्चक बन्ने विश्वास गरिएको छ । विराटनगर र ललितपुरले चर्चित् खेलाडी टिममा आवद्ध गर्दै आफ्नो टिम बलियो बनाएका हुन् ।


ADVERTISEMENT

# # #


विराटनगर र ललितपुर पहिलो खेलमा जित निकाल्दै सुखद् शुरुआतको खोजिमा हुुनेछन् ।

खेलाडी, ललितपुर प्याट्रियोट्स :
कप्तान ज्ञानेन्द्र मल्ल
सन्दीप लामिछाने, सन्दीप जोरा, ललित नारायण राजवंशी, शंकर राना, कुसल भुर्तेल, नारायण जोशी, पवन शराफ, सोनुु तामाङ, राशिद खान, योगेन्द्र सिंह कार्की, सुमित झा
विदेशी खेलाडी : सन्नी पटेल,गौरव तोमर, जयशंकर कोल्सावाला

विराटनगर वारियर्स
कप्तान : पारस खड्का
पुुष्प थापा, राम नरेश गिरी, रोविन क्षेत्री, करण केसी, विनोद लामा, सुमित महर्जन, वसन्त रेग्मी, अनिल कुमार शाह, मोहमद आसीफ शेख, हरी बहादुर चौहान

विदेशी खेलाडी
पाल भान मेकेरेन, बाबर हायात,
ईपीएलमा नेपालका मुुख्य ६ शहरका ६ टिमले सहभागीता जनाउँदै छन् । जसमा काठमाडौं किङ्ग्स—११, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएट्र्स, पोखरा राइनोज, चितवन टाइगर्स रहेका छन् ।