काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सातौँ चरणका खेल सुरु हुँदैछ ।


ADVERTISEMENT


एपीएफको मैदान हलचोकमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने छ ।


ADVERTISEMENT

# # #


हिमालयन शेर्पा ६ खेलमा तीन जित एक बराबरी र दुई हार व्यहोर्दै १० अङ्कका साथ अङ्कतालिकाको छैटौँ स्थानमा छ भने पुलिस पनि त्यही नतिजाका साथ तालिकाको पाँचौ स्थानमा छ ।

दोस्रो खेलमा प्रतियोगितामा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको सङ्कटाविरुद्ध खेल्नेछ । सङ्कटाले अहिलेसम्म ६ खेलमा पाँच खेलमा जित निकालेको थियो भने आर्मीसँग पाँच एकले पराजित हुँदै १५ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

छैटौँ चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लबले शतप्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ भने मनाङलाई थ्रीस्टारले पछ्याइरहेको छ ।