उर्लाबारी। मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गएराति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ ।


ADVERTISEMENT


आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं. १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आएको चिया तथा मिठाइ पसल जलेर नष्ट भएको हो ।पसल पुरै जलेर नष्ट हुँदा एक लाख ५० हजार बराबरको सामान क्षति भएको पथरीशनिश्चरे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए ।


ADVERTISEMENT

# # #


राई परिवारले सोही पसलबाट हुने कमाइले घरपरिवार चलाउँदै आएको थियो । पसलमा राति कसरी आगो लाग्यो भन्ने कुरा खुल्न नसकेको शिविरका सचिव चम्पासिंह राईले जानकारी दिए ।

दमकबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो ।