काठमाडौँ– समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै पोर्चुगल रसियामा जारी कन्फेडेरेसन्स कपको समुहविजेता बनेको छ । यससंगै पोर्चुगोलले जारी प्रतियोगितामा अन्तिम चार स्थानमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


शनिबार राति भएको समूह ए को समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डलाई ४ – ० ले पराजित गर्दै पोर्चुगलले अन्तिम चारमा स्थानमा पक्का गरेको हो । रोनाल्डोले खेलको ३३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि बर्नान्डो सिल्भा, आन्द्रे सिल्भा र नानीले एक–एक गोल थपेपछि पोर्चुगल ४–० गोलअन्तरले विजयी भयो ।


ADVERTISEMENT

# # #


यसँंगै क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीका लागि व्यक्तिगत गोल संख्या ७५ पुर्याएका छन् । पछिल्ला ४ खेलमा रोनाल्डोले पोर्चुगलका लागि चार गोल गरेका छन् ।

युरोपको सर्वाधिक गोलकर्ता फेरेङ्क पुस्कासको किर्तिमानबाट रोनाल्डो मात्र ९ गोलले पछि परेका छन् । हंगेरीका पुस्कासले सन् १९४५ र १९५६ को बीचमा आफ्नो देशका लागि ८४ पटक गोल गरेका थिए ।

संयोगले रोनाल्डोजस्तै पुस्कास पनि रियल म्याड्रिडक कै खेलाडी थिए । रोनाल्डोसँगै हंगेरीका अर्का खेलाडी सान्डोर कोक्सिसले पनि ७५ नै गोल गरेका छन् ।

जीतसँगै समूह ए मा पोर्चुगल शीर्ष स्थानमा रहन सफल भएको छ । उता, समूहकै अर्को खेलमा आयोजक रसियालाई २–१ गोलअन्तरले हराउँदै मेक्सिको पनि अर्को चरणमा प्रवेश गरेको छ ।

समूह बीमा चिली र जर्मनीले अन्तिम खेलमा पराजयबाट जोगिए सेमिफाइनलमा प्रवेश गर्नेछ । चिलीले अस्ट्रेलियाको सामना गर्दैछ भने जर्मनी क्यामरुनसँग भिड्दैछ ।