गुल्मी– जिल्लाको सत्यवती गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रावती) खोलामा र्याफ्टिङको सफल परीक्षण गरिएको छ ।
चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको पाँच सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेपछि सत्यवती–५ को साहा घाटदेखि सत्यवती–१ को रुद्रवेणीसम्म करीब पाँच किलोमिटर भन्दा बढी दुरीमा ¥याफ्टिङ गरी व्यावहारिक परीक्षण सम्पन्न गरिएको छ ।


ADVERTISEMENT


गाउँपालिकाका अध्यक्ष परिसर ढकालले डुङ्गामा चढेर र्याफ्टिङको उद्घाटन गरेका थिए । त्यसपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीको नेतृत्वमा कर्मचारी टोलीले गाइडको साथमा उक्त दुरी तय गरेको थियो । साथै पथप्रदर्शनको लागि दुईवटा कायाकिङको समेत व्यवस्था गरिएको थियो ।


ADVERTISEMENT

# # #


कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकता दिई अगाडि बढिरहेको गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको आधारको रूपमा ¥याफ्टिङ व्यवसायलाई सञ्चालन गर्ने सोच रहेको गाउँपालिका प्रमुख ढकालले बताए। परीक्षण पश्चात फिस्लिङबाट आएको उक्त गाइड टोलीले बडिगाड खोला निकै सम्भावनायुक्त रहेकोले प्रचारप्रसार गरी बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने बताएको थियो ।

नदीको बीचका केही ढुङगा हटाउन सकेको खण्डमा जोखिमलाई कम गर्न सकिने सुझाव टोलीको रहेको थियो ।