काठमाडौं । महोत्तरीको औरही नगरपालिका २ फुलबरियाका एक व्यक्तिको मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय बेचु महतो मृत फेला परेका हुन् ।


ADVERTISEMENT


उनको शव बुधबार बिहान घरबाट करिब एक किलोमिटर टाढा उँखुबारीमा भेटिएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


महतो राति घर बाहिर निस्किएका थिए । तर किन निस्किएका थिए भन्ने खुलेको छैन । परिवारका सदस्यहरुले राति १२ बजेतिर महतोलाई नदेखेपछि खोजी सुरु गरेका थिए । छिमेकी र आफन्तहरुलाई भेला पारेर खोजतलास गर्दा पनि नभेटिएपछि बुधबार बिहान ३ बजेतिर प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले टोलीले खोजी गर्दा घरभन्दा करिब एक किलोमिटर टाढा उँखुबारीमा शव भेटिएको थियो । उनको घाँटीमा हल्का चोट देखिएको छ । त्यसैले स्थानीयबासीले उनको हत्या भएको अनुमान गरेका छन् ।

तर प्रहरी निरीक्षक बस्नेतले भने महतोको मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको जानकारी दिए ।