काठमाडौं । बुधबार देशभरी कै मौसम खुल्ने संभावना कम रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि देशभरी कै मौसम बदली भएको छ । बुधबार मध्य र पश्चिमको केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने तथा हिमाली भेगमा हिमपातको संभावना रहेको मौसमविद् विभूति पोख्रेलले बताए।


ADVERTISEMENT


उनका अनुसार पहाडी भूभागमा पश्चिमी वायुको असर बिहीबार बेलुकीसम्म नै देखिए पनि अरु ठाउँमा भने बुधबार बेलुकीदेखि मौसम खुल्नेछ । काठमाडौंको बिहानको तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले ज`नाएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौंको तापक्रम मंगलबार ४ डिग्री मापन गरिएको थियो । यस्तै जुम्लाको तापक्रम माइनस ४ डिग्री, जोमसोमको माइनस ३ दशमलव ८ डिग्री र जीरीको माइनस शून्य दशमलव ५ डिग्री पुगेको छ ।