एजेन्सी । के खानाका विभिन्न परिकार चम्चाले भन्दा हातले खाँदा बढी स्वादिस्ट हुन्छ ? नेपाल जस्तै भारतमा पनि मानिसहरु हातैले खान रुचाउने गरेका छन् । यस्तोमा अहिले त्यहाँ फस्टाउँदै गइरहेको खाद्य पर्यटनले विदेशीहरुलाई हाम्रो यही हातले खाने परम्पराको अनुभव लिने मौका दिइरहेको छ ।


ADVERTISEMENT


भारतको हैदरावादको एउटा घरेलु भान्छामा त्यहाँका परिकार तयार गर्ने परम्परागत शैली सिकाइनुका साथै हातले खाँदा कसरी खानाको स्वाद र अनुभव बदल्न सकिन्छ भन्ने पनि बताइन्छ । पश्चिममा हाम्रा खानालाई उल्लेख गर्दा विशेषगरी ‘करी’ भन्ने नाम प्रयोग गरिएको हुन्छ । तर वास्तवमा करीलाई हाम्रामा केबल एउटा तरकारीका रुपमा मात्र हेरिन्छ । यसरी खानेकुराको नाम देखि यसलाई खाने तरिका समेत पूर्व र पश्चिममा भिन्दाभिन्दै रहेको पाइन्छ । यता पश्चिममा मानिसहरुले हातले खाना सेवन गर्नु स्वस्थकर नहुने बताउँछन् । हामीले जति हात धोएपनि कतै न कतै किटाणु सिधा मुखसम्म पुग्न सक्ने हुनाले उनीहरुले यसलाई स्वच्छ मान्दैनन् । तर हाम्रो समाजमा चाहिँ हातले खाँदा हामी खानासँग नजिक हुने हुँदा त्यसको स्वाद बढ्न जाने विश्वास गरिन्छ ।


ADVERTISEMENT

# # #


यति मात्र नभएर खाना खाएपछि अन्त्यमा औँलाहरु चाट्नु पनि हाम्रो खाने शैलीको विशेष रिति रहँदै आएको छ । यसमा भने वैज्ञानिक तर्क पनि गरिएको पाइन्छ । खानाँसँगै औँलाहरु चाट्दा त्यसले हाम्रो पाचन प्रणालीका तरल पदार्थहरुलाई सक्रिय बनाउने गरेकाले शरीरलाई सजिलोसँग खाना पचाउन मद्दत गर्छ भन्ने मान्यता रहेको छ । यसरी यी मान्यताहरु वैज्ञानिक रुपमा प्रमाणित नभएपनि हाम्रो समाजको हातले खाने बानी हटेको छैन । तरपनि पछिल्लो समय पश्चिमी समाजको प्रभाव स्वरुप मानिसहरुमा चम्चाले खाने प्रवृत्ति पनि बढ्न गर्न थालेको छ ।– द इकोनोमिस्ट