बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारदेखि सुरु हुने भएको छ । करिब ४ महिनापछि हुन लागेको अधिवेशन कानुन निर्माणमा केन्द्रीत हुनेछ ।


ADVERTISEMENT


१५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको प्रदेश सरकारले ४ वटा विधेयक प्रदेशसभामा दर्ता गरिएको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । प्रदेशसभा सचिवालयले जारी गरेको कार्यसूची अनुसार बिहीबार दिउँसो १ बजे बैठक सुरु भएपछि प्रदेश प्रमुख उमाकान्त झाले अधिवेशनको आह्वान गर्ने छन् । तर, आह्वान पत्र भने प्रदेश सभामुख पूर्णबहादुर घर्तीले सुनाउने छन् ।


ADVERTISEMENT

# # #


दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखले प्रमाणीकरण गरेका विधेयकसम्बन्धी पत्रहरु सभामुख घर्तीले पढेर सुनाएपछि दलको तर्फबाट प्रदेशसभाको बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्नेछन् ।

बिहीबार नै प्रदेशसभामा कम्तीमा दुईवटा विधेयक पेस गरिने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बैठकमा विशेषाधिकार समितिको सभापति र प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी विषेश समितिको संयोजक चयन लगायतका विषयमा सभामुखले सभालाई जानकारी गराउने प्रदेशसभा सचिव मगरले बताए ।

प्रदेश नम्बर ५ मा प्रदेश राजधानी र नामाकरणका विषय लामो समयदेखि विवाद हुदा टुङ्गो लाग्न सकेको छैन ।