काठमाडौँ– गायन रियालिटी सो नेपाल आइडलमा सबै प्रतिस्पर्धीहरुको प्रस्तुतीमा स्रोता, दर्शक मनमोहित हुनु स्वभाविक हो । तर, नेपाल आइडलले खोजेको बेजोड गायकी पनि हो, र यसमा अगाडि देखिएका छन् सुमित पाठक । नारायण गोपाल, बच्चु कैलाशका गीतहरुलाई समेत सजिलै गायर उनले आफूलाई अब्बल दर्जाको गायकका रुपमा प्रस्तुत गरिसकेका छन् ।


ADVERTISEMENT


झापा जिल्लामा जन्मिएर सानै उमेरमा आमाको ममताबाट टाढा भएका सुमित अहिले लाखौँ प्रशंसकको ढुकढुकी बनेका छन् । नेपाल आइडलको उत्कृष्ट चारमा पुगिसकेका सुमित फाइनलको यात्रामा रहेका छन् । उत्कृष्ट तीनमा पुगेर आइडल बन्नका लागि उनले आफूलाई बढीभन्दा बढी भोट गर्न अनुरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


कसरी गर्ने भोट ?

३१००९ मा सुमितको भोटिङ कोड १२ लेखेर पठाउनु पर्नेछ । उनलाई ‘रेस्पेक्ट एन्ड राइज’को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिन्छ ।

हेर्नुस् नेपाल आइडलमा सुमितले गाएका गीतहरु :