काठमाडौँ– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो ४४औं शाखा काठमाण्डौंको किर्तिपुरमा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् ।


ADVERTISEMENT


शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईले बीमाको पहुच फराकिलो हुँदै गएको हुनाले स्वस्थ प्रतिपर्धामार्फत आफना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गरी अघि बढ्न सुझाब दिए । उनले शाखा विस्तारसंगै गुणस्तरीय सेवाको लागि अनुभवी कर्मचारीहरुको संख्या वृद्धि गर्न समय सापेक्ष कर्मचारीहरुलाई प्रतिक्षण गर्न पनि सुझाब दिएका थिए ।


ADVERTISEMENT

# # #


छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै उनले ग्राहकलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए। देशको अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्न सफल मिलोस भनि शुभकामना व्यक्त गरे ।

यस्तै कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरिनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । उनले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउंदो दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने बताए ।

उद्घाटन कार्यक्तममा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुका साथै स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।