सप्तरी । १२ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा सप्तरीको सुरूङ्गा नगरपालिका वडा नम्बर–४, मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ ।


ADVERTISEMENT


अदालतबाट १६ महिनाअघि धरौटीमा रिहा भएका आरोपितविरुद्धको अभियोग दाबी पुगेको भन्दै जिल्ला अदालत सप्तरीले चार वर्ष कैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए।


ADVERTISEMENT

# # #


जिल्ला अदालतकै आदेशमा चौधरी ०७४ भदौ १ गते पुर्पक्षका लागि ४० हजार धरौटी राखेर तारेखमा रिहा भएका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि प्रहरीले आरोपितलाई ०७४ साउन १२ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

सुरूङ्गा नगरपालिका ४ मा रहेको हरिनारायण चौधरीको फूलबारीमा ०७४ साउन ७ गते बलात्कार प्रयास गरेको पीडितले आरोप थियो । आरोपितले भने फूलबारीमा नसोधी घाँस काटेकाले घाँस खोसेको तर बलात्कार प्रयास नगरेको बताउँदै आएका थिए ।