काठमाडौँ– गृहमन्त्री जनार्दन शर्माले गृहप्रशासन सुधार मार्गचित्र सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


सिंहदरबारस्थित गृहमन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममार्फत गृहमन्त्री शर्माले पर्यटकीय क्षेत्रमा २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाउने, नेपाली कामदार रहेका देशहरुमा प्रहरी सहचारी खटाउने, अनलानइबाट प्रहरीमा उजुरी वा निवेदन दिने प्रणाली थालनी गर्नेलगायत कार्ययोजना सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


लामो समयसम्म एउटै पदमा बसेपछि कर्मचारीमा नैराश्यता उत्पन्न् हुने भन्दै सो को अन्त्यका लागि दुई वटा नयाँ पद सिर्जना गरेको बताएको छन् । गृहमन्त्री शर्माले प्रहरी जवान र प्रहरी हवल्दारको बिचमा (सहायक हवल्दार), प्रहरी नायव निरीक्षक र प्रहरी निरिक्षकको बिचमा (प्रहरी बरिष्ठ नायव निरीक्षक) पद सृजना गर्ने बताएका छन् । ‘एउटै पदमा लगातार लामो अवधि सेवा गरी निवृत्त हुने अबधी पुगेका प्रहरी कर्मचारीलाई एक तह बढुवा भई अवकाश लिने कानूनी व्यवस्था गरिनेछ’ उनले भने

साथै उनले प्रहरी संगठन भित्र गुटवन्दी निषेध गर्ने घोषणा गरेका छन्। गृहमन्त्रालयद्धारा प्रशासन सुधार सम्बन्धी कार्ययोजना सार्वजनिक गर्न आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शर्माले चेन अफ कमाण्ड तोडेर भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिए।

साथै प्रहरी उपरिक्षक भन्दा माथि वढुवा हुनका लागि निश्चित पाठ्क्रममा आधारित सुरक्षा कोर्ष पास गर्नु पर्ने गरी कानुनी व्यवस्था गरिने पनि उनले बताए । संगठन प्रमुख, विभागिय प्रमुख, महाशाखा प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, मातहत ईकाई प्रमुखहरुसँग कार्यसम्पादन करार गर्ने गृहमन्त्रीको घोषणा छ ।

कार्यक्रममा आईजीपीसहित सुरक्षाका उच्च अधिकारीको उपस्थिति थियो ।