काठमाडौं । नेकपा सांसद योगेश भट्टराईले घरभाडावापत लिँदै आएको रकम फिर्ता गर्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


आइतबार एक विज्ञप्तिमार्फत घरभाडा वापत पाएकाे २०७४ फागुनदेखि ०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई अनुरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


नीजि घर हुँदाहुँदै पनि घरभाडावापतको रकम लिनेको सूचीमा भट्टराईको पनि नाम रहेको खुलासा भएपछि आफ्नो बचाउ गर्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडाैंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु । ’

संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी कमजारी हुन पुगेको उनको विज्ञप्तिमा उल्लेख छ । लामो राजनीतिक यात्रा तय गरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै भट्टराईले आफूबाट गैरकानुनी तथा गलत आचरणका कार्य नहुने स्पष्ट पनि पारेका छन् ।