काठमाडौँ– काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि काठमाडौँ किंस-११ ले ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्स्लाई १०९ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


मंगलबार त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौँले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन बनाएको हो । काठमाडौँका लागि कप्तान रोहान मुस्ताफाले ३२ रन बनाए । उनले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे , यस्तै सागर पुनले ३० बलमा २९ रन जोडे । जसक्रममा उनले १ चौका र एक छक्का प्रहार गरे । यस्तै सिद्धान्त लोहनीले १६ रन बनाउँदा अन्यले दाहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


यता ललितपुरका लागि पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले उत्कृष्ट बलिङ गरेर । पवन सर्राफ र योगेन्द्रले समान ३ /३ विकेट लिँदा सन्नी पटेलले २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका पवनले १३ रन खर्चिएर ३ विकेट लिए भने २.५ ओभरमा १८ रन खर्चिएर ३ विकेट हात पारे ।

सन्नी पटेलले २ विकेट लिँदा ललित नारायण राजवंशीका नाममा १ विकेट रह्यो । प्रतियोगितामा डेब्यू गरेका सूर्य तामाङले पनि आकर्षक बलिङ गरे । विकेट पनि लिन नसकेपनि उनले ४ ओभरमा १७ रन मात्र दिए ।

आजको विजेता टोली प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ भने पराजित टोली प्लेअफको विजेता टोलीसंग फाइनल प्रवेशका लागि भिड्नेछ । प्लेअफमा बुधबार शरद भेषवाकरको भैरहवा ग्लाडियटर्स र दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्स् भिड्नेछन् ।