काठमाडौं : संघीय संसद्‍को हिउँदे अधिवेशन पुस ११ गतेदेखि सुरु हुने भएको छ।


ADVERTISEMENT


सोमबारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएको संसद्‍ सचिवालय स्रोतले जानकारी दिएको छ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्‍को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशनको पहिलो बैठक पुस ११ गते दिउँसो ४ बजेका बैठक आह्वान गर्नेछिन्।
संसद् सचिवालयले बुधबार मात्र सूचना सार्वजनिक गर्ने तयारी गरेको छ। यो अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा हेरिन्छ।