नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका –१५, मा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।


ADVERTISEMENT


नारायणगढबाट दाङका लागि छुटेको ना ६ ख ९६ ७६ नम्बरको बसले बा ५१ प ६९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेकी मध्यविन्दु नगरपालिका –११ की २८ वर्षीया चन्द्रकुमारी सोमै मगरको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा गम्भीर घाइते भएकी मगरको उपचारको क्रममा मध्यविन्दु अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएपछि बसमा रहेका २५ जना घाइते भएका छन् भने मोटरसाइकलका चालक पनि घाइते भएका छन् । घाइतेहरुको भरतपुर र नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।