काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।


ADVERTISEMENT


मंगलबार बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हाे । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।


ADVERTISEMENT

# # #


भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको निगमले जनाएको छ ।

गएकाे मंसिर १७ गते निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको थियाे । जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको थियाे भने यस्तै डिजल र मट्टितेलकाे भाउ ९९ रुपैयाँ प्रतिलिटरमा झरेकाे थियाे ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल तथा मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले घटाएर समायोजन गरेको आयल निगमले जनाएको छ ।

मूल्य समायोजनपछि काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको ११० रुपैयाँ प्रति लिटर, डिजेल र मट्टितेलको ९७ रुपैयाँ प्रति लिटर र अन्य पेट्रोलियम पर्दाथको मूल्य यथावत रहेको छ ।

अहिले कच्चा तेलको मूल्य अत्यन्त अस्थिर भएकाले नेपाल आयल निगमले नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने जनाएको छ ।