जाजरकोट – रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ ।


ADVERTISEMENT


चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिएकी भेरी नगरपालिका– ३ की प्रतिभा थापाको रक्तस्राव नरोकिएपछि तारा एयरलाइन्सको जहाजमार्फत रुकुमको चौरजहारीबाट आज बिहान नेपालगञ्ज ल्याइएको उनका श्रीमान् पदम थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अहिले प्रतिभाको उपचार जारी रहेको उनले बताए। रु दुई लाख तिरेर जहाज चार्टर गरिएको थियो । बिहीबार मात्र जाजरकोट ल्याइएकी प्रतिभाको रातिदेखि रक्तस्राव शुरु भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि ज्यान बचाउन जहाज चार्टर गर्नुपरेको थापाले बताए ।

पचास श्याको जाजरकोट अस्पताल भए पनि विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सधैँ यहाँका स्थानीयवासी महङ्गो शुल्क तिरेर नेपालगञ्ज, काठमाडौँमा उपचारका लागि आउन बाध्य भएका छन् ।