नुवाकोटको ऐतिहासिक साततले दरबार भूकम्पको सिकारमा परेको कारण नै टेकोको भरमा आफनो अस्तित्व जोगाईरहेको छ । दुई वर्षअघि नै यसको पुनःनिर्माण हुने भनिए तापनि साढे तीन वर्षदेखि यो दरबार धराप र जीर्ण अवस्थामा यसैगरी टेकोको भरमा उभिरहेको छ । नेपाल एकीकरणको अभियानको क्रममा नुवाकोट विजयपछि वि।सं। १८१९ मा नौ तले दरबारको निर्माण गरेका थिए । तर, १९९० सालको भूकम्पका बेला भत्किएपछि ७ तलामा सीमित बनेको हो । चीनको सहयोगमा आगामी चैतबाट यसको पुनःनिर्माण थालिने पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । तस्वीर : रासस


ADVERTISEMENT