सुरुङ्गा, झापा– निर्वाचन विरोधी गतिविधिमा संलग्न छ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा नेकपाका पाँच र डा सिके राउतको पर्चा बाँड्दै हिँड्ने एक जना छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नेकपाका मेची ब्युरो इन्चार्ज सुमन लिम्बू र सदस्य डिल्लीकुमार मैनाली, झापा जिल्ला इन्चार्ज उमेश अधिकारी, सेक्रेटरी तारा थापा र ‘जनसरकार’ प्रमुख सुमनसिंह पौडेल तथा गौरीगन्ज – ३ निवासी ४५ वर्षीया कैशीला महतो छिन् ।


ADVERTISEMENT

# # #


उनीहरुलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए ।

किरियापुत्रीबाट मतदान

बिर्तामोडस्थित नेपाल खाद्य संस्थान मतदान केन्द्रमा बिर्तामोड – १ निवासी किरियापुत्री चेतनाथ तिम्सिनाको परिवारले आज बिहान मतदान गरेको छ ।

पिताको निधनपछि चेतनाथ तीन दिनअघिदेखि किरियामा रहेका छन् ।