काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले सञ्चालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । सेवाले यसको अनुमति मंगलबार पाएको हो ।


ADVERTISEMENT


सेलपे सेवाबाट मोवाईल तथा वेबको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी डिजिटल भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सेलपे सेवा अन्तर्राष्ट्रिय स्तरको PCI/DSS सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको कम्पनीले बताएको छ ।


ADVERTISEMENT

# # #


विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तर, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, P2G, B2P, B2B, B2G आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकम प्राइभेट लिमिटेडले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा “सेलपे” (Cellpay) को सुरुवात गर्न लागेको हो ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा मितव्ययी सेवा हो । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनि महशुल भुक्तानीकालागि अनुरोध सम्प्रेषण गर्छ । तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देष भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिने कम्पनीले जनाएको छ ।

सेलपे सेवा अत्यन्तै भरपर्दो सेवा हो । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ । सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा एप स्टोरमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।