काठमाडौँ– विश्वकै नम्बर १ ब्राण्ड क्रेनका उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुने भएका छन् । ब्राण्डको नेपालका लागि आधिकारिक बिक्र्ता .आइएमएस ग्रुपले उक्त ब्राण्डका उत्पादनहरु नेपाली बजारमा ल्याएको हो ।


ADVERTISEMENT


आइएमएसले क्रेनका एयर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर लगायतका स्वास्थ्य एवम् जीवनशैलीसम्बन्धि विभिन्न उत्पादनहरुको नेपाली बजारमा बिक्रि वितरण सुरुवात गरेको छ ।


ADVERTISEMENT

# # #


क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी रहेको आइएमएसले जनाएको छ । यसै गरी क्रेन ह्युमिडिटफायरको प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई जाडो याममा फाइदाजनक हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यसले विशेषतःहावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने आँखा चिलाउने लगाएत अन्य हिउँदमा देखिने समस्याहरुलाई समेत निराकरण गर्छ ।

आईएमएस ग्रुपका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत दिपक मलहोत्राले क्रेन जस्तो अन्तर्राष्ट्रिय स्तरमा उच्च स्तरिय र लोकप्रिय ब्राण्डको आधिकारीक बिक्रेता हुन पाएकोमा खुसी र उत्साहित भएको बताए । उनका अनुसार यसका उत्पादनहरु स्वास्थ्य लगाएत अन्य दृष्टिकोणले पनि अत्न्यत उपयोगी र लाभदायक रहेका छन् ।

क्रेनका उत्पादनहरु ग्राहकले अनलाइन सपिङ्ग पोर्टल स्मार्ट डोको मार्फत खरिद गर्न सक्नेछन् ।

क्रेन ब्राण्डले नविन एवम् उत्कृष्ट वस्तुहरु उत्पादन गरे वापत ‘बेस्ट ह्युमिडिटफायर फर स्मल स्पेस २०१५’, ‘फेमिली च्वाइस २०१८’ लगायतका थुप्रै उत्कृष्ट पुरस्कारहरु हात पारिसकेको छ ।