सिन्धुपाल्चोक । बाह्रबिसेबाट कर्थली जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि एकजना घाइते भएका छन् ।


ADVERTISEMENT


बा १४ छ ५६८१ नम्बरको जीप दुर्घटना हुँदा मान्दे तामाङको घटनास्थलमै ज्यान गएको हो । त्यस्तै कर्थलीकै राजकुमार विक घाइते भएको प्रहरी निरीक्षक यादव थापाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


जीप चालक भने फरार रहेका छन् । बाह्रबिसेबाट कर्थली जाँदै गर्दा दरुम्थली भन्ने ठाँउमा जीप दुर्घटनामा परेको हो ।