काठमाडौं । नेपाल सरकारले भारतमा जाने नेपालीलाई महिनाको १ लाख रुपियाँ सम्म मात्रै खर्च गर्न सक्ने सीमा तोकेको भारतीय सञ्चार माध्यमले विहीबार जनाएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्तालाई उद्धृत गर्दै द हिन्दूले विहीबार जनाए अनुसार भारतमा सामान खरिद गर्न वा अन्य खर्चका लागि मंगलबारदेखि लागु हुने गरी सो व्यवस्था गरिएको हो ।


ADVERTISEMENT


नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेललाई उद्धृत गर्दै समाचारमा अहिलेको एकाउन्ट डिफिसिट र ब्यालेन्स अफ पेमेन्टको संकटका कारण यसो गर्नुपरेको जनाएका छन् । भारतले सन् २०१६मा अचानक भारतीय मुद्रा प्रचलनमा रोक लगाएको र नेपालसँग रहेको रकम सटही पनि हुन नसकेको अवस्थामा अहिले नेपालले पनि भारतलाई नसोधी त्यस खालको निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


वैदेशिक मुद्रा सटही व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाले अस्पताल र औषधीजन्य कार्यमा खर्च गर्नका लागि खर्चको सीमा तोकिएको जनाएको समाचारमा उल्लेख छ । नेपालको पछिल्लो नीतिले सीमावर्ती क्षेत्रमा भारतबाट सामान ल्याउन भारतीय रकम खर्च गर्ने व्यापारीहरुलाई पनि असर गर्न सक्ने जनाइएको छ ।

यस विषयमा बाह्रखरीसँग कुरा गर्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले मुलुकको आवश्यकता अनुसार त्यस खालको निर्णय गरिएको जानकारी गराउँदै राष्ट्र बैंकले यो प्रसंगमा आफ्नो वेबसाइटमा नै स्पष्ट कुरा उल्लेख गरेका जनाए ।