काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई प्राप्त सफलताका लागि बधाई दिएका छन् ।


ADVERTISEMENT


अध्यक्ष दाहालको निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले खेलाडी महर्जनले हालै सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा स्वर्ण पद जितेकामा बधाई दिँदै आगामी दिनमा थप उपलब्धिका लागि शुभकामना दिए।


ADVERTISEMENT

# # #


अध्यक्ष दाहालले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेकामा बधाई दिनुभएको थियो । “तपाईँले उत्कृष्ट कौशल देखाए। यसबाट नेपाल र नेपालीको शिर गौरवले उच्च भएको छ”, अध्यक्ष दाहालले भने, “विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतिले नेपाली अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ ।”

आफूले खेल क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको भन्दै अध्यक्ष दाहालले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीको ठूलो भूमिका रहनेसमेत बताए।

राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको भन्नुहुँदै अध्यक्षले दाहालले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्नेसमेत बताए।

खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जिते पनि यस क्षेत्रमा राज्यले नै सहयोगको वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताए । अध्यक्ष दाहालले सरकार र पार्टीकोतर्फबाट महर्जनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्नेसमेत बताए।