काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार लन्डन डर्बीमा चेल्सीले क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा १-० को जित दर्ता गरेको छ ।


ADVERTISEMENT


चेल्सीको जितमा एकमात्र गोल मिडफिल्डर एन’गोलो कान्टेले गरे । उनले दोस्रो हाफको ५१ औं मिनेटमा विजयी गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा चेल्सीको दुई प्रहार पोस्टमा लाग्दा अग्रता लिन असफल रहेको थियो । चेल्सीका लागि रस बार्क्लीले प्रहार गरेको एक्रोब्याटिक प्रहार पोस्टमा लागेर फर्किएको थियो ।


ADVERTISEMENT

# # #


यस जितसँगै चेल्सीले अंक तालिकाको चौथो स्थानमा ५ अंकको अग्रता कायम गरेको छ । चेल्सीको २० खेलमा ४३ अंक छ भने आर्सनल २० खेलमा ३८ अंक जोड्दै पाँचौ स्थानमा छ । शीर्ष स्थानको लिभरपुलले २० खेलमा ५४ अंक जोडेको छ ।