विराटनगर। इलाम सदरमुकाम (खलङ्गा)स्थापनाको २ सय पूरा वर्ष भएको अवसरमा इलाम नगरपालिकाले ‘इलाम लगानी प्रवद्र्धन सम्मेलन’ गर्ने भएको छ ।


ADVERTISEMENT


पर्यटन, कृषिजन्य उद्योग, शिक्षा, दुग्धजन्य पदार्थ, जडिबुटी र स्वास्थ्य क्षेत्रमा लगानीका लागि आह्वान गर्दै इलाम नपाले यही पुस २० गते एक दिने सम्मेलनको आयोजना गर्न लागेको हो ।सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । सम्मेलनमा ओलीलाई नागरिक अभिनन्दन गरिने छ।


ADVERTISEMENT

# # #


इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले इलाममा प्रति वर्ष ४६ हजार टन अदुवा, ६ सय टन अलैँची, १ लाख २५ हजार टन दूध, ९४ हजार टन आलु, ६५ हजार टन अम्लिसो, ७ सय टन अकबरे खोर्सानी र २ लाख टन चियाको उत्पादन गरिने तथ्याङ्क प्रस्तुत गरे ।लगानी सम्मेलनका लागि विराटनगरमा आयोजित पूर्वतयारी कार्यक्रममा प्रमुख बस्नेतले इलाममा कच्चा पदार्थको अभाव नभएको केवल औद्योगिकीकरणको खाँचो रहेको बताए ।