काठमाडौं ।  देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी पहाडी क्षेत्रमा आंशिक बलदी हुने सम्भावना हरे पनि देशका अरु ठाउँको मौसम सफा रहने मौसमविद वरुण पौडेलले बताए ।


ADVERTISEMENT


तराईका क्षेत्रमा बिहानमा हुस्सु तथा गुहिरो लागे पनि दिउँसो मौसम सफा रहने र घाम लाग्ने उनले बताए । उच्च पहाडी क्षेत्रका केकी ठाउँमा हिउँ पर्ने सम्भावना छ ।


ADVERTISEMENT

# # #


काठमाडौँ उपत्यकाको मौसम सोमबार दिनभर सफा रहने देखिएको छ । तर जाडो भने कायमै रहने छ । केही दिनदेखि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीको आसपासमा रहेको छ ।

सोमबार बिहान पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक डिग्री पुगेको थियो । दिउँसो बढेर १८ डिग्रीसम्म पुग्ने अनुमान छ । बुधबारदेखि पश्चिमी वायुको प्रभाव हुने भएकाले बदली तथा केही ठाउँमा पानी पर्नेसम्भावना रहेको मौसमविदले बताएका छन् ।